संखुवासभा सामूहिक हत्या : पाँच जनाको भाग्दै गर्दा र एक जना सुतेकै अवस्थामा हत्या

काठमाडौँ । संखुवासभामा जिल्लाको मादी नगरपालिका १ मा भएको सामूहिक हत्याको प्ररम्भिक अनुसन्धानबाट ५ जनाको भाग्दै गर्दा हत्या भएको पत्ता लागेको छ । यस्तै, एक जना वृद्धको सुतेकै अवस्थामा हत्या भएको छ ।
एकै परिवारका ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले पाँच जनालाई भाग्दै गर्दा र एक जनाको सुतेकै अवस्थामा हत्या भएको प्रहरी उपरीक्षक (एसपी) भिम दाहालले जानकारी दिए ।
संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी दाहालको नेतृत्वको प्रहरी टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानदेखि घटनास्थलको अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) शुभेष अधिकारीले मेरोन्युजलाई जानकारी दिए ।
सोमबार राति पानी परेकाले आज बिहानैदेखि अनुसन्धान सुरु गरेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव निरीक्षक (डिएसपी) लालध्वज सुवेदीले बताए । उनका अनुसार तालिम प्राप्त कुकुरसहित पुगेको टोली सोमबार रातभर पानी परेकाले मंगलबार बिहानमात्रै अनुसन्धान सुरु गरेको हो ।
सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले परिवारका ६ जनाका हत्या गरिएको आशंका गरिएको छ । हत्यामा धारिलो हतियारको प्रयोग गरिएको प्रहरीले पुष्टि गरिसकेको छ । मादी नगरपालिका १ उमलिङको खोला गाउँस्थित बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । ९३ वर्षीय बौद्धमान भने सकुसल रहेका छन् ।
उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















म्याग्दीमा करिब ७ प्रतिशत मत बदर
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
India wins T20 World Cup Cricket title
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया