काठमाडौँ १४ का वडा सदस्य २ लाख घुससहित पक्राउ
मेरोन्यूज
२०७८ भदौ २२ गते ११:४९

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट पक्राउ गरेको हो ।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका सेवाग्राहीसँग घुस रकम लिएका थिए । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्बन्धित









आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया