डब्लयुएचओ दक्षिण–पूर्वी एसियाको क्षेत्रीय बैठक
११ देशका स्वास्थ्यमन्त्रीहरुको यस्तो छ १२ बुँदे ‘काठमाडौँ घोषणापत्र’ (पत्रसहित)

कठमाडौं । दक्षिण–पूर्वी एसियाका ११ देशका स्वास्थ्यमन्त्रीहरुको काठमाडौँमा बसेको बठैकले १२ बुँदे काठमाडौँ घोषणा पत्र सार्वजनिक गरेका छन् । सोमबारबाट काठमाडौँमा आयोजित विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को क्षेत्रीय बैठकको दोस्रो दिन बसेको स्वास्थ्यमन्त्रीहरुको बैठकले उक्त घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा कोभिड १९ महामारीका कारण विश्व अर्थतन्त्र, समाज र स्वास्थ्यमा पारेको असर विरुद्ध एक ढिक्का भएर लड्ने, स्वास्थ्यमा सर्वव्यापी पहुँच स्थापित गर्ने उल्लेख गरिएको छ । यस्तै सबै देशका सरकारलाई उत्तरदायी बनाउने र स्वास्थ्य प्रणालीमा व्यापक पुनसंरचना गर्ने लगायतको बुँदा काठामाडौँ घोषणा पत्रमा समावेश गरिएको छ ।
दक्षिण पूर्वी एसियाका ११ देशका स्वास्थ्यमन्त्रीले भर्चुअल रुपमा सम्बोधन गरेको कार्यक्रमा दिगो विकास लक्ष्य हाँसिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने, मानसिक स्वास्थ्य सहित अन्य नसर्ने रोग विरुद्ध एक भएर लड्ने विषयमा सहमति जनाइएको छ ।
यस्तै आधारभूत तथा अत्यावश्यक स्वास्थ संरचना समुदाय स्तरमै निर्माण गर्ने, सार्वजनिक स्वास्थय आपतकालिन र जोखिम व्यवस्थापन रणनीतिसँगै निगरानी र तयारी क्षमताको सुदृढिकरण सनिश्चित गर्ने सहमति गरिएको छ ।
कोभिड–१९ महामारबाट सिकेका पाठहरुको आधधारमा राष्टिय प्राथमिक स्वास्थ्य सेवा रणनीति अत्यावधिक गर्ने विषयलाई पनि घोषणा पत्रको प्रमुख विषय बनाइएको छ ।
सोमबारबाट शुरु भई पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा मंगलबार यस क्षेत्रका स्वास्थयमन्त्रीहरुको बैठकले दक्षिण पूर्वी एसियामा कोभिड विरुद्धको खोप र समाग्रीको समानुपातिक वितरणमा जोड दिने तथा विगतमा भएका सम्झौताको कार्यान्वयन गर्ने लगायतमा सहमत भएका छन् ।
हेर्नुहोस घोषणापत्रका वुँदाहरु



















आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया