बुधबार, फागुन ६, २०८२

प्रदेश २ काे स्थानीय तहमा एकीकृत समाजवादीमा ३१४, लोसपामा ८६५ को सनाखत

मेरोन्यूज २०७८ भदौ २२ गते २०:१३

जनकपुर । प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

रौतहटमा ८४, सिरहामा ७१, धनुषा र सर्लाहीमा ४८/४८ जना, वारामा ३२, सप्तरीमा २९, महोत्तरीमा ७, र पर्सामा ५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । २ नम्बर प्रदेशसभामा एकीकृत समाजवादीमा १३ जनाले सनाखत गरिसकेका छन् ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीमा प्रदेश २ का स्थानीय तहबाट ८६५ जनाले सखानत गरेका छन् । लोसपा पार्टीका अनुसार सप्तरीमा ९६,सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जनाले लोसपामा सनाखत गरेका छन् ।

निर्वाचन आयोगले पार्टी रोज्न भदौ २२ गतेसम्मको समय दिएको थियो ।

प्रतिक्रिया