मंगलबार, फागुन ५, २०८२

ऊर्जामन्त्रीले गरिन् रुद्रायणी मन्दिरको शिलान्यास

मेरोन्यूज २०७८ भदौ २३ गते १३:४१

काठमाडौं । खोकनाबासीका आराध्य एवं इष्ट देवता ‘रुद्रायणी’ मन्दिरको पुनःनिर्माणको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक समारोहबीच मंगलवार स्थानीय संस्कृतिअनुसार मन्दिरको शिलान्यास गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्दिर शिलान्यासका अवसरमा मन्त्री भुसालले मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधन अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् । खोकनाबासीका आस्थाको मन्दिरलाई पूर्णता दिन आफूले निरन्तर सहयोग गर्ने मन्त्री भुसालको भनाई थियो ।

ललितपुर महानगरपालिका वडा नं २१ स्थित खोकनाको यस पुरातात्विक एवं एतिहासिक राष्ट्रिय सम्पदाको पुनःनिर्माणको शिलान्यसका अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन, नगरप्रमुख चिरीबाबु महर्जन एवं वडा अध्यक्ष रविन्द्र महर्जन लगायतको पनि उपस्थित थियो ।

विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति गरेको यस मन्दिरको पुनःनिर्माण हुन सकेको थिएन । वडा अध्यक्ष महर्जनका अनुसार प्राविधिक अध्ययन पूरा गर्न र स्रोत र साधन जुटाउन समय लागेकाले पुनः निर्माणमा ढिलाइ भएको हो । उनका अनुसार यस मिन्दर पुनःनिर्माणका लागि रु ६ देखि ७ कारोड लाग्ने अनुमान गरिएको छ । स्थानीय कालिगढको सहयोगमा तीन वर्षभित्र पुनःनिर्माण सकाउने लक्ष्य लिइएको छ ।

अध्यक्ष महर्जनका अनुसार खोकनाबासीले यस देवीको आराधाना गर्दा दुःख, कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रही आएको छ । शक्तिकी देवीका रूपमा पुजीने यस देवीको मन्दिर परिसरमा अस्विनको शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म जात्रा लाग्ने गरेछ ।

प्रतिक्रिया