काँग्रेस केन्द्रीय कार्यालयमा मुस्लिम संघको धर्ना

काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।
संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन सुरु गरेको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दवाव दिन आफूहरुले धर्नालगायतका दवाव आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सत्तारले बताए ।
उनले आफूहरुको सो माग सम्बोधन नभएसम्म पार्टी केन्द्रीय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिए ।
आगामी भदौं २७ गते भित्र आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा जानुपर्ने हुन सक्ने सत्तारले बताए ।
संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९–१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेको हो ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया