एमसीसी उपाध्यक्ष सुमारको टोली आज नेपाल आउँदै
मेरोन्यूज
२०७८ भदौ २४ गते ८:४८

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउँदैछन् ।
नेपालको चारदिने भ्रमणका लागि फतेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट नेपाल आउँदैछ । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनीहरु नेपाल आउन लागेका हुन् ।
सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको दोस्रो दिन उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको छ ।
सरकारले एमसीसी संसदमा लैजाने तयारी गरेको छ । चारदिने नेपाल बसाइँको क्रममा सुमारले एमसीसी कार्यान्वयनबारे विभिन्न पक्षहरुसँग छलफल गर्ने बताइएको छ ।
सम्बन्धित









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया