एमसीसी उपाध्यक्ष सुमार नेपाल आउन लागेपछि विमानस्थलको सुरक्षा कडा (फोटोफिचर)

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को टोली नेपाल आउने लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कडा पारिएको छ ।
नेपालको चारदिने भ्रमणका लागि उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज बिहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौँ पुग्दैछन् । उनीहरुको सुरक्षका लागि त्रिभुवन विमानस्थल प्रवेशमा कडाई गरिएको छ । विमानस्थल भित्र पत्रकारलाई पनि निषेधित गरिएको बताइएको छ ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनीहरु नेपाल आउन लागेका हुन् । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलीपल्ट उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको छ ।
सरकारले एमसीसी संसदमा लैजाने तयारी गरेको छ । चारदिने नेपाल बसाइँको क्रममा सुमारले एमसीसी कार्यान्वयनबारे विभिन्न पक्षहरुसँग छलफल गर्ने बताइएको छ ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया