कुस्तीका राष्ट्रिय खेलाडी भट्टको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।
“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु¥याएँ”, मृतकका बुवा खड्क भट्टले भने, “केही पनि भएको थिएन, अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।
कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भने, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।”









महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया