बुधबार, फागुन ६, २०८२

सत्ता गठबन्धनका तीन नेताको छलफलपछि प्रचण्ड देउवा भेट्न बालुवाटारमा

मेरोन्यूज २०७८ भदौ २४ गते १५:२४

काठमाडौं । सत्ता गठबन्धन दलभित्रै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विषयमा समझदारी जुटन नसकिरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवा जसरी पनि पारित गर्नुपर्छ भन्ने पक्षमा उभिएपछि गठबन्धनभित्रै खटपट देखिएको छ । एमसीसीलाई देखाएर ओलीको प्रतिगमनलाई परास्त गर्न बनेको सत्ता गठवन्धन लाई फुटाउन सकिन्छ की भनेर एकथरी लागिरहेको आरोप प्रचण्डले पार्टीको साहायक संगठनको बैठकमै ब्यक्त गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

जसकाकारण सत्ता गठवन्धनभित्र खटपट र अविश्वास सिर्जना हुन थालेको हो की भन्ने प्रश्न उठिरहेको छ । यही वेला उपेन्द्र यादव निवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको वीचमा विहान छलफल भएको थियो ।

विहान साढे ९ वजेदेखि झण्डै दुई घण्टा छलफल गरेका नेताहरुले अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष नेपाल भ्रमणमा आएको, उनको भ्रमण पूर्व उनैले एमसीसी संशोधन हुन नसक्ने भन्दै सरकारको प्रश्नमा जवाफ दिएको र उनले नेपालमा गर्ने राजनीतिक भ्रमणसम्मलाई मध्यनजर गरेर नेताहरुले विहान यादव निवासमा छलफल गरेका थिए ।

यस विषयमा प्रचण्ड र माधव नेपाल जस्ताको तस्तै एमसीसी पारित गर्न नसकिने र गर्न नहुने पक्षमा प्रष्ट छन् । तर उपेन्द्र यादव यसमा बोलिसकेका छैनन । वावुराम भटटराईले भने नेपालको हित हेरेर पास गरेर जान सकिने सम्मको धारणा राखेका छन् ।

सत्ता गठवन्धनभित्रकै अर्काे दल राष्टिय जनमोर्चाले एमसीसी पारित गरिए गठवन्धन छोडने बताईसकेको छ ।

यस्तो बेला गठवन्धनका कांग्रेस वाहेकका तीन दलका वीचमा समझदारी बनाउन विहान नेताहरुका वीचमा छलफल भएको बताईएको छ । तर यादवले यस विषयमा पार्टीभित्र छलफल गर्नुपर्ने र डा वावुराम भटटराईसँग पनि छलफल गर्ने भन्दै आफनो कुरा अहिले पनि रिर्जभमै राखेका छन् ।

तर प्रधानमन्त्री देउवा जसरी पनि पास गर्ने एकसूत्रिय अभियानमा जुटेका बेला विहानको उपेन्द्र निवासको बैठकलाई महत्वका साथ हेरिएको छ । साथै विहानको छलफलमा देउवाले मन्त्रिमण्डल विस्तार गर्न चुकिरहेको विषय देखि सरकारको नीति तथा कार्यक्रम अनुसार सरकार हिडन नसकेको विषयमा पनि छलफल भएको हुन सक्ने वताईएको छ ।

विहानको छलफल पछि अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भेटन बालुवाटार पुगेका छन् । एमसीसीका उपाध्यक्ष नेतृत्वको टोलीसँग देउवा देखि प्रचण्डसम्मले भोलि भेट्ने कार्यक्रम तय भएको छ ।

त्यस अगाडी नै सत्ता गठवन्धन दलका दुई नेताको अहिले वालुवाटारमा छलफल भईरहेको वालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया