उपेन्द्र यादव अनुपस्थित भएपछि सत्ता गठबन्धनको बैठक प्रभावित
शुक्रवार विहान ९ बजे पुनः बस्ने, एमसीसी, संसद अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा साझा धारणा निर्माण, सरकार विस्तार र संसदको रणनीति तय गर्न बोलाईएको सत्तारुढ गठबन्धन दलको बैठक प्रभावित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाएको बैठक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै सहभागी नभएपछि प्रभावित भएको हो ।
यादव बैठकमा सहभागी हुन बालुवाटार जादै गएनन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि निर्धारित समयभन्दा ढिलो वालुवाटार पुगेका थिए । त्यसलगत्तै उनी एमसीसीका उपाध्यक्ष फातिमा सुमारलाई भेटन सिंहदरवार हिँडेपछि सत्तारुढ दलको बालुवाटार बैठक एजेण्डामा छलफल विनै टुग्गिएको हो ।
बैठक अव भोलि विहान ९ बजे पूनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
‘उपेन्द्रजी बैठकमा आउनुभएन, भोलि विहान ९ वजे फेरि बस्ने गरी आजका लागि त्यक्तिकै उठियो,’ जनमोर्चा उपाध्यक्ष पौडेलले बताइन् ।
देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएको भएपनि अहिलेसम्म उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन । नेपालभित्रै विवादमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन –एमसीसी)का उपाध्यक्ष नेपाल आएर राजनीतिक भेटघाट गरिरहेको र प्रम्ुख प्रतिपक्षी दल एमालेले संसदमा सभामुख अग्नि सापकोटको भूमिकामाथी प्रश्न उठाँउदै संसद निरन्तर अवरोध गर्न थालेपछि यस विषयमा धारणा बनाउन सत्ता गठवन्धनको बैठक बोलाईएको थियो ।
संसद बैठक शुक्रवार दिउँसो १ वजेका लागि बोलाईएको छ । यसमा सत्ता गठबन्धन दलले साझा धारणा बनाउनु पर्ने देखिएको छ । बालुवाटार बैठकमा यादव अनुपस्थित भएपनि यादवको निवासमा विहिबार विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी भएर तीन नेताको भने झण्डै दुई घण्टा छलफल भएको थियो ।
कांग्रेस सहभागी नभइ बसेको उक्त बैठकलाई अर्थपूर्ण मानिएको छ।
प्रतिक्रिया