मेलम्ची बाढी पीडितलाई १० लाख रुपैयाँ सहयोग

काठमाडौँ । एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् ।
संकलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिए । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका ग्रुप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए । एक्सपर्ट एजुकेशनको संसारभर ४० भन्दा धेरै शाखा रहेको छ ।
अष्ट्रेलिया मेलबर्न बस्ने संस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा फाउण्डेशनमार्फत मेलम्ची बाढी पीडितका लागि प्राप्त १० लाख सहयोगमध्ये मेलम्ची नगरपालिकालाई तीन लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई दुई लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई एक लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घर परिवारलाई जनही १५ हजारको दरले तीन लाख ४५ हजार र रेडियो मेलम्चीलाई ३० हजार रकम मेलम्चीमा एक कार्यक्रमकाबीच मेलम्चीका नगरप्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिलाई संस्थाका प्रतिनिधि देवीप्रसाद लम्साल, विकाश ज्ञावली, कँडेल तथा सदस्य दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गरेको समाजसेवी सिपी दुलालले जानकारी दिए ।















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया