मंगलबार, पुष १५, २०८२

जिउँदै व्यक्ति जलाएको अभियोगमा थुनामा रहेका आलमको मुद्दा पेशीमा

मेरोन्यूज २०७८ भदौ २५ गते १२:०८

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दा पेशी चढेको छ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा जेलमा रहँदै आएका उनको मुद्दा पेशीमा चढेको हो ।

थुनामुक्त भई मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा परेको हो । बम विस्फोटको मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी नख्खु कारागारमा छन् ।

बम विस्फोटनमा घाइते भएका करिब दुई दर्जन मानिसलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको अभियोगसमेत उनीमाथि रहँदै आएको छ ।

प्रतिक्रिया