अफगानिस्तानको अवस्था : ७ जना परिवारको भोक मेटाउन ४ वर्षीया छोरी बेच्दै नाजिर

काठमाडौँ । तपाई कल्पना गर्न सक्नु हुन्छ रु कोही मजदूर आफ्नो परिवारको पेट भर्नका लागि आफ्नै छोरी साहुलाई बेच्न बाध्य हुने छन् । यो कुरा सुन्दा धेरैको मनमा चिसो पस्न सक्छ । तर, सत्य यही हो ।
अफगानिस्तानमा २० वर्ष लामो युद्ध गरेको अमेरिका फर्किएसँगै अफगानमा यो घटना भएको हो । तर, त्यहाँ अनगिन्ती पीडादायी घटनाहरू रहेका छन् । जो तालिवानको आतंक र उल्लासका बीच हुँदै आएका छन् ।
यसैमध्ये एक जना बुवाले आफ्नो ७ जनाको परिवार पाल्न ४ वर्षीय छोरीलाई बेच्ने निधो गरेको समाचार बाहिर आएको छ ।
को हुन् ती बुवा
टाइम्स अफ लण्डनले तालिवानले अफगानिस्तान कब्जा गरेसँगै ती व्यक्तिको बारेमा रिपोर्ट तयार गरेको थियो । उक्त समाचार ‘न्युयोर्क पोस्ट’ले समेत प्रकाशित गरेको थियो ।
ती पत्रिकाका अनुसार परिवार पाल्न ४ वर्षीय छोरी बेच्ने निधो गरेका व्यक्ति मिर नाजिर हुन् । उनी पहिले अफगान प्रहरी सेवामा रहँदै आएका थिए । तालिवानले पूरै देश कब्जा गरेसँगै उनी जागिरबाट हट्नु परेको थियो ।
सुरूका केही दिन उनले आफूसँग भएको पैसा खर्च गरी परिवार पालेका थिए । आफूसँग भएका सबै पैसा सकिए ।
‘७ जनाको परिवार छौँ, सबैभन्दा सानो छोरीको नाम साफिया हो, उसको उमेर जम्मा ४ वर्ष मात्रै पुग्यो, तालिवान आएसँगै मेरो प्रहरी जागिर छुट्यो, अब परिवारको पेट कसरी भर्ने ? कसरी पाल्ने उनीहरूलाई,’ टाइम्स अफ लण्डनका रिपोर्टर एन्थनी लोयर्डलाई नाजिरले भने, ‘मैले धेरै उपाय खोजेँ, तर छोरीलाई बेच्नेबाहेक केही उपाय देखिनँ, यो कल्पना गर्दा म आफै मरेजस्तै भएको छु, अब के गरूँ त-म मरेर भए पनि परिवारत बचाउनु पर्यो नि ।’
नाजिरले आफ्नी छोरीलाई २० हजार अफगानिस ९करिब २७ हजार नेपाली रूपैयाँ०मा बेच्ने भएका हुन् । यति थोरै रकम छोरी बेचेर के गर्नु रु मैले ५० हजार अफगानिस ९करिब ७० हजार नेपाली रूपैयाँ० मागेको छु । ‘यो मेरो बाध्यता हो,’ उनले भने । एजेन्सी
















इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया