बुधबार, फागुन ६, २०८२

एमाले सांसद र मर्यादापालकबीच ठेलमठेल हुँदा भाँचियो सत्ता पक्षको टेबल

मेरोन्यूज २०७८ भदौ २५ गते १५:४९

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदहरू र मर्यादापालकबीच ठेलमठेल हुँदा टेबल बाँचिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठक सुरु भएसँगै विरोध गरेपछि ठेलमठेल भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

दुई पक्षबीच ठेलमठेल हुँदा सत्ता पक्ष बसेको सांसदहरूको टेबल बाँचिएको हो । टेबल बाँचिएपछि नेपाली कांग्रेसका नेताहरू कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव अर्को ठाउँमा गएर बसेका थिए ।

एमालेका सांसदहरूको नाराबाजी तथा विरोधका कारण दुईपटक बैठक स्थगित भइसकेको छ । पहिलो बैठक विना निष्कर्श टुंगिएको थियो भने दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्माले पालैपालो ३ वटा अध्यादेश टेबुल गरेका थिए ।

प्रतिक्रिया