एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्री शर्मालाई भेटिन्

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले शनिवार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भेट गरेकी छन् ।
अर्थमन्त्री शर्मा र सुमार नेतृत्वको एमसीसी प्रतिनिधि मण्डलबीच भएको भेटमा एमसीसी परियोजनाकाबारेमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच सन् २०१७ मा सम्पन्न मिलिनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताए ।
मन्त्रालयकाअनुसार सो अवसरमा सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन् ।
चार दिने नेपाल भ्रमणमा आएको सुमार नेतृत्वको एमसीसी प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरिसकेको छ ।
टोलीले एमसीसी संसदबाट छिटो अनुमोदन गराउन दबाब दिँदै आएको छ । राजनीतिक दलका नेताहरुले भने राजनीतिक स्तरमा छलफल भइरहेको बताए पनि भेटका क्रममा एमसीसी अस्वीकार गर्नेबारेमा मुख खोल्न सकेका छैनन् ।


















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया