एमाले महासचिव पोखरेलको ठहरः पार्टी विभाजनले ९ प्रतिशत मात्रै नोक्सानी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् ।
शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताए ।
उनले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए । महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताए ।
‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ,’ पोखरेलले भने ।
अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाएपछि २÷३ प्रतिशत मा आइपुग्ने उनको दाबी थियो ।
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए ।
केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको उनले टिप्पणी गरे ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया