बुधबार, फागुन ६, २०८२

सभापतिमै उम्मेदवारी दिने शशांकको घोषणा

मेरोन्यूज २०७८ भदौ २६ गते १८:२८

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४ औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।

नवलपरासीपूर्व पार्टीको देवचुली नगर पार्टी कार्यालय उद्घाटन गर्दै कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने बताए । उनले गिरिजाबाबुले बिराटनगर गएर उम्मेदवारी घोषणा गर्ने गरेको स्मरण गर्दै आफूले पनि आफ्नो निर्वाचन क्षेत्रमा आएर घोषाण गरेको बताए ।

उनले सहमतिमा आफू सभापति हुने समेत दाबी गरे । सहमतिमा नभए पनि आफूले सभापतिमै लड्ने उनको भनाइ छ । उनले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोसमेत बताए । कोइराला प्रतिनिधिसभा निर्वाचनमा नवलपरासीपूर्व १ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया