अष्टलक्ष्मी शाक्यलाई साथ नदिने एकीकृत समाजवादीको निर्णय
राजेन्द्र पाण्डे बागमति प्रदेश सभा दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बाग्मति प्रदेशमा दल नेता चयन गरेको छ। नेता राजेन्द्र पाण्डेलाइृ सर्वसम्मत दलको नेता चयन गरेको उक्त पाटीृले जनाएको छ ।
नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
संसदीय दलको बैठकले मुख्यमन्त्री अष्ट्रलक्ष्मी शाक्यलाइृ समर्थन नगर्ने निर्णय पनि गरेको छ ।
आफ्नो पार्टीको समर्थन मुख्यमन्त्री शाक्यलाई नरहेको जानकारी प्रदेश संसद सचिवालयमा दिने निर्णय पनि नेकपा एकीकृत समाजवादीको बैठकले गरेको छ ।
प्रदेश सभामा पाण्डे आफै अहिले मुख्यमन्त्रीको दावेदार हुन् । कांग्रेसका इन्द्र बानियाँ पनि मुख्यमन्त्री बन्न लागिपरेका छन् । कांग्रेस र एकीकृत समाजवादी मध्ये एकले त्यहाँ गठवन्धनको तर्फबाट मुख्यमन्त्री पाउनेछन् ।
नेकपा एकीकृत समाजवादीले समर्थन नरहेको जानकारी प्रदेश सभा सचिवालयमा गर्ने वित्तिकै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छिन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया