प्रचण्डलाई आफू एक्लिँदै जाने चिन्ता

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेक माओवादी अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफू पनि एक्लिने चिन्ता ब्यक्त गरे ।
कहिलेकाँही १/२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको प्रचण्डले बताए ।
आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गरे ।
‘कहिलेकाँही म पनि यस्तै हुँदो रहेछ । १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि ? र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि ? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईहरु यो पनि चिन्तनमनन गरिदिनुहोला ।’– प्रचण्डले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका ईतिहासहरुको सही समिक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
अध्यक्ष प्रचण्डले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहो¥याए ।

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया