नेपाल र बंगलादेशको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
बंगलादेशविरुद्ध नेपालले खेलेका कुल नौं अन्तराष्ट्रिय खेल मध्येबाट यो दोस्रो बराबरी नतिजा हो । बाँकी सबै सात खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नवौं मिनेटमा अमृता जैशीको प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिएर विफल पारेकी थिइन् ।
३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारको माथि लागेर बाहिरिएको थियो ।
यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिन सफल भएकी थिइन् । त्यसपछिको बाँकी समयमा दुबै टोलीले गोलका लागि राम्रा अवसर बनाए पनि सदुपयोग गर्न चुके । खेलमा नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भइन् ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।
यसअघि २०१९ मा भएको ओलम्पिक छनोटमा पनि नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।
नेपाल र बंगलादेश अब एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तान जाँदैछन् । एएफसी महिला एसियन कप छनोट खेलमा नेपाल रहेको समूह एफ फिलिपिन्स र हङकङ पनि रहेको छ ।
नेपालले आगामी असोज २ गते पहिलो खेल फिलिपिन्ससँग खेल्दैछन भने दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया