बुधबार, फागुन ६, २०८२

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

मेरोन्यूज २०७८ भदौ २८ गते ७:५३

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बैठक बोलाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, लोकतान्त्रीक समाजवादी पार्टीका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई बोलाइएको जनाइएको छ ।

बैठकमा सदन नियमित गर्ने विषयमा छलफल हुने बताइएको छ । एमालेले संसद अवरोधलाई निरन्तरता दिएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि सभामुखले आइतबार एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीलगायतसँग छलफल गरेका थिए । छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, उक्त छलफलमा कुनै सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया