देश गंभीर राजनीतिक मुठभेडतर्फ गइरहेको छ : नेता आचार्य

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले देश गंभीर राजनीतिक मुठभेड तर्फ गइरहेको भन्दै यसलाई रोक्न संवाद र छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती नदोहोर्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।
उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यु, देश गंभीर राजनीतिक मुठभेड तर्फ जादैंछ, यसलाई रोक्न कृपया इमानदार संवाद र छलफल तत्काल प्रारम्भ गर्नुहोस। जस्ता गल्ती पुर्व प्रम ओलीले गर्नु भयो, तिनै गल्ती नदोहोर्याउनु होस। दिग्भ्रमित कम्युनिष्ट नेतृत्व र पार्टीको निशानामा परेको छ हाम्रो संविधान र संसदीय लोकतन्त्र । विधीको बेवास्ता र विकृत सत्ता राजनीतिमा हाम्रै आचरणले पनि संकट गहिरिदैं जान सक्छ। प्रधानमन्त्रीको भुमिकामा तपाईं संसदको नेता हो, त्यसैले संविधान र संसदीय प्रणालीको मर्यादाको प्रतिरक्षा गर्न प्रतिपक्षसंग संवाद र संवादबाटै परिणाम प्राप्त गर्ने प्रकृयाको प्रारम्भ गर्नुहोस ।’

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया