एमालेको रिटमाथि सुनुवाई हुँदै

काठमाडौँ । नेकपा एमालेको रिटमाथि सुनुवाई हुँदैछ । सोमबार सुनुवाई गर्न सर्वोच्च अदालतले न्यायाधीस दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेसी तोकेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा वारेसनामामार्फत् भदौ १७ मा तीन रिट दर्ता गराएका थिए । एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध रिट दर्ता गरेको थियो । एमालेले माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर संसद सचिवालयले कारबाहीको सूचना टाँस गरेको थिएन ।
उनीहरुमाथि कारबाही नभएपछि माधव नेपालले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले भदौ ९ गते नेपालको दललाई मान्यता दिएको थियो । त्यसपछि एमालेले सभामुख अग्नीप्रसाद सापकोटा र निर्वाचन आयोगविरद्ध रिट दर्ता गरेको थियो । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।
यसअघि २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश दिएको थियो ।

















यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया