संवैधानिक निकायमाथिको रिट तत्काल सुनुवाई गर्न माग, पूरक निवेदन पेश

काठमाडौँ । विवादमा रहेको संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा आफूले दिएको रिटको तत्काल सुनुवाईको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले पूरक निवेदन दर्ता गराएका छन् । उनले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका हुन् ।
संवैधानिक इजलासमा सुनुवाई तोकिए पनि न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो । इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि सुनुवाई रोकिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशअनुसार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले रिट दिएका थिए ।
अध्यादेशअनुसारको संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको समेत संलग्नता रहेको भन्दै इजलासमै प्रश्न उठेपछि सो रिटको सुनुवाई प्रधानन्यायाधीशविना सुनुवाई हुने तय भएको थियो । तर न्यायाधीश फुयालको आदेशपछि सुनुवाई स्थगित छ ।

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया