विप्लव राजावादीहरुसँग नजिकिएकै हुन् ?
एमसीसीविरुद्धको सभामा भने– राष्ट्रवादी शक्तिहरु एक होऔं

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमवार एमसीसीविरुद्ध गरेको विरोधसभामा संसद बाहिर रहेका साना कम्युनिस्ट पार्टीहरु मात्रै होइन, राजावादी शक्तिहरुलाई पनि मञ्च उपलब्ध गराए ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, समाजवादी कम्युनिस्ट पार्टीका विश्वभक्त दुलाल ‘आहुती’ लगायतका कम्युनिस्ट नेताहरु मात्र होइन, नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिने डा. सुरेन्द्र भण्डारी पनि विप्लवसहितका नेताहरु रहेको मञ्चमा आसिन थिए ।
राजतन्त्रको वकालत गर्दै आएका भण्डारी बस्ने आसन मात्र होइन, बोल्ने मञ्च पनि पाए । राष्ट्रियताको पक्षमा आफ्ना धारणा राखेका भण्डारीले त्यही मञ्चमै पृथ्वीनारायण शाहको तस्वीर विप्लवलाई उपहार दिए ।
‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो’ भन्ने पृथ्वीनारायण शाहको उद्धरण लेखिएको तस्विर लिँदै गर्दा विप्लवको मिठो मुस्कान देखिन्थ्यो ।
विप्लवले आफ्नो भाषणमा पनि डा. भण्डारीको नामै लिएर प्रशंसा गरे । र, उनको भनाईमा समर्थन जनाए । नेता विप्लवले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुसँग मात्र होइन, राष्ट्रवादी शक्तिहरु पनि एक हुने उद्घोष गरे ।
मञ्चमा केही समयअघि घोषणा गरिएको संयुक्त रणनीतिक मोर्चामा आवद्ध चारै दलका नेता उपस्थित थिए । विप्लवअघि बोलेका क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले खासगरी विल्लव नेकपासँग एकताबारे जनताको चासो रहेको उल्लेख गरेका थिए । उनले आफूपछि बोल्ने विल्लवले पार्टी एकताको बारेमा केही बोल्ने अपेक्षा पनि गरेका थिए ।
यसअघि चार पार्टीको रणनीतिक मोर्चा गठनमै कार्यगत एकता हुँदै पार्टी एकतासम्म नै अघि बढ्ने सहमति चार पार्टीबीच भएको थियो ।
विप्लवले भने क्रान्तिकारी पार्टीहरुबीच मात्र नभई सबै राष्ट्रवादी शक्तिहरुबीच एकता हुने संकेत गरे । विप्लवले भने– एमसीसीको विरुद्धमा सबैसँग एकता गर्न तयार छौं ।
मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग भएका विप्लवलाई वैद्य निकट नेताहरुले राजावादीहरुसँग नजिक भएको पार्टीभित्र चर्चा चलाउने गरेका थिए ।

















शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया