सर्वोच्चको आदेशले अधिकृत तहको परीक्षा रोकियो

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण अधिकृत तहको परीक्षा रोकिएको छ ।
सर्वोच्चको आदेशबाट ब्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको लोक सेवा आयोगका उपसचिव प्रकाश गुरुङद्वारा जारी सूचनामा उल्लेख छ ।
लोकसेवा आयोगविरुद्ध परेको रिटमा सर्वोच्चले परीक्षा जुन अवस्थामा पुगेको छ, त्यही अनुरुप रोक्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतबाट २०७८ भदौ २५ मा संघीय मामिला तथा संघीय प्रशासन मन्त्रालयको साउन २९ र भदौ ३ को टिप्पपणी आदेश तथा निर्णय र सो बमोजिम उक्त मन्त्रालयबाट लोकसेवा आयोगका नाममा भदौ ८ मा गरिएको पत्राचार जुन अवस्थामा पुगेको छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावती २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
















श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया