नाइजेरियाको जेलमा आक्रमण: २४० कैदीहरू रिहा

नाइजेरिया । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् ।
उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन। मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ ।
नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन्, “कोगी राज्यको कब्बामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन्।“
आइतबारको हमलामा सशस्त्र बन्दुकधारीहरू संलग्न थिए । बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि प्रारम्भिक थुनुवाइमा थिए।
आक्रमणकारीहरूको खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामन्य होइनन्।
अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयम आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए।
द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्व मा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथक्तावादी आन्दोलनको सामना गरिरहेको छ। (एजेन्सी)
















समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
लमजुङमा ९ उम्मेदवारको जमानत जफत
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया