रासायनिक मलको अभाव हुन नदिन सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् ।
छलफलमा भाग लिँदै सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल ल्याउँछु र आउनेक्रममा भएको बताएपनि अब मल ल्याउनका लागि ढिलो भइसकेको बताए ।
उनले बालीका लागि मलको आवश्यक प्रवन्ध मिलाउनु सरकारको दायित्व भएकोले आफ्नो जिम्मेवारीबाट सरकार विमुख हुन नमिल्ने बताए ।
त्यस्तै, पूर्वमन्त्री तथा सांसद शक्ति बस्नेतले बाली फलिसकेपछि मल ल्याएर कुनै अर्थ नहुने भन्दै समयमै मल ल्याउनुपर्ने बताए । उनले रासायनिक मलको लागि सरकारले ऐन, कानून परिमार्जन गरेर भएपनि समयमै मल ल्याउनुपर्ने बताए ।
अक्टोबर १५ सम्ममा ७० हजार मेट्रिक्टनको कुरा गरिएको भन्दै सांसद बस्नेतले त्यतिबेलासम्म धान पाकिसक्ने बताए ।
‘गहुँको कुरा आउला त्यसमा पनि यस्तै तर यसरी हुँदैन, मल समयमै ल्याउनुपर्छ, मल खरिद गर्न के ले रोकेको छ ? त्यो सबै खोजेर बरु नियम हो भने नियम, ऐन परिमार्जन गरेर भनेपनि समयमै मल ल्याउनुपर्छ ।’– बस्नेतले भने ।
सांसद देवप्रसाद तिमल्सिनाले रासायनिक मल नपाएर किसानहरु चिन्तित रहेको उल्लेख गरे । उनले बजेट अभावले आवश्यक मल नआएको भए प्रधानमन्त्री स्वरोजगारबाट कटाएर मल ल्याउन सुझाव दिए ।
सांसद राजबहादुर बुढाक्षेत्रीले सार्वजनिक खरिदको सम्बन्धमा रासायनिक मललाई फास्ट ट्रयाकबाट जान सकिने उपाय खोज्नुपर्नेमा जोड दिए ।
समितिको बैठकमा अन्य सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले यसमा अफ्ठ्यारो पारिरहेको बताएका थिए ।
बैठकमा रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने धारणा सांसदहरुले राखेका थिए ।

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया