गण्डकी प्रदेशका बाढीपीडितलाई एक करोड २१ लाख राहत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बाढी पीडितलाई रु एक करोड २१ लाख ४६ हजार ९७३ बराबरको राहत उपलब्ध गराइएको बताएका छन् ।
गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री पोखरेलले यो वर्षको बाढीपहिरोका पीडितलाई एक करोड २१ लाख ४६ हजार ९७३ बराबरको राहत दिएको जानकारी गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलले बर्खायामको सुरुआतसँगै गण्डकी प्रदेश र मुलुकभर बाढी पहिरोले ठूलो क्षति पु¥याएको जानकारी दिए ।
असार १ गतेयता प्रदेशमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु, ४४ जना घाइते र दुईजना अझै बेपत्ता भएको उनले बताए ।
भौतिक क्षतिको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत सङ्कलन भइरहेको पनि उनले जानकारी दिए ।
प्रदेशमा विपद्को समयमा ७३१ घरका तीन हजार ७७० लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै एक हजार २०५ घरधुरीका चार हजार ७६५ जनालाई रु ७९ लाख ६१ हजार ८९३ बराबरको जिन्सी सामग्री र रु ४१ लाख ८५ हजार नगद राहत वितरण गरिएको पनि मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलकाअनुसार बाढीपहिरोका कारण ५०२ घर, पाँच सरकारी कार्यालय, सात विद्यालय, छ सामुदायिक भवन, २५ हाइड्रोपावर, ३६ पक्की पुललगायतमा क्षति पुग्नुका साथै १७६ ठाउँको सडकमा क्षति पुगी यातायात अवरुद्ध भएको थियो ।

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया