आजबाट जनगणनाकाे पहिलो चरण सुरु

काठमाडौँ । देशभर आजबाट राष्ट्रिय जनगणनाको पहिलो चरण सुरु भएको छ । आजबाट १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ ।
जनगणनाको पहिलो चरणअन्तर्गत सुपरिवेक्षकले घर तथा घरपरिवारको सूचीकरण गर्ने छन् । ८ हजार ५ सय सुपरिवेक्षकहरुले भदौ ३० देखि असोज १८ गतेसम्म घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने बताइएको छ । मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्ने बताइएको छ । जेठबाट सुरु हुने भनिएको गणना कार्य कोरोना महामारीका कारण ढिलो भएको हो । सरकारले यो वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने जनाएको छ ।
यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ देखि राष्ट्रिय जनगणना सुरु भएको हो ।
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया