भारतीय निजी क्षेत्रको रेल नेपालमा सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ३० गते १२:५७

काठमाडौं । भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतको निजी रेल सुख्खा बन्दरगाहसम्म आएको हो ।
भारतको हिन्द टर्मिनल निजी कम्पनीको रेल २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर आज १० बजे विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीचको सहमतिअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा सेवा सञ्चालन गर्न पाएका हुन् । सम्झौता भएको २ महिना ६ दिनपछि निजी रेल नेपाल आएको जनाइएको छ ।
नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा रेल सेवा दिँदै आएको थियो ।
सम्बन्धित
















सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया