भारतीय निजी क्षेत्रको रेल नेपालमा सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ३० गते १२:५७

काठमाडौं । भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतको निजी रेल सुख्खा बन्दरगाहसम्म आएको हो ।
भारतको हिन्द टर्मिनल निजी कम्पनीको रेल २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर आज १० बजे विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीचको सहमतिअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा सेवा सञ्चालन गर्न पाएका हुन् । सम्झौता भएको २ महिना ६ दिनपछि निजी रेल नेपाल आएको जनाइएको छ ।
नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा रेल सेवा दिँदै आएको थियो ।
सम्बन्धित
















वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया