कोरोना संक्रमणबाट पत्रकारको निधनः महासंघद्वारा शोक ब्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य विन्दुकुमार चौहानको निधनप्रति नेपाल पत्रकार महासंघले शोक ब्यक्त गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले बुधबार शोक वक्तब्य जारी गर्दै पत्रकार चौहानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
पत्रकार चौहानको कोरोना संक्रमणका कारण ५३ वर्षको अल्पायुमै भएको थियो ।
कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रही कोरोना ठीक भइसकेका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासी समस्या आएपछि पाँच दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा फोक्सोमा समस्या आई निमोनिया देखिएका चौहानको उपचाररत अवस्थामा बुधबार विहान २ बजे निधन भएको थियो । स्वर्गीय चौहानका श्रीमती, तीन छोरी र चार छोरा छन् ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय चौहानले बुटवलस्थित लुम्बिनी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए ।
कोरोनाकै कारण अहिलेसम्म २५ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
















बैतडीमा ७ उम्मेदवारको जमानत जफत
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया