‘एउटा यस्तो प्रेम कहानी’ नि:शुल्क चलाउन हल सञ्चालकलाई निर्माण टिमको आग्रह

काठमाडौं । नेपाली कथानक चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई निशुल्कमा चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन गत बर्ष माघ १ गते अल नेपाल रिजिल भएको चलचित्र एउटा यस्तो प्रेम कहानी निशुल्क सञ्चालन गर्न आग्रह गरिएको निर्माण तथा अभिनेता शिव श्रेष्ठले बताए ।
‘कोरोनाको पहिलो लहरका समयमा बन्दभएका हलहरु खोल्ने प्रयास हामीले गरेका थियौं अहिले संक्रमण कम हुदै जादा सरकारले हल सञ्चालन अनुमति दिएको छ, तर लगानी कर्ताले तेस्रो लहर आउन सक्ने भन्दै जोखिम उठाउन नचाहेकाले हामी निशुल्क चलाउन दिने घोषणा गरेको छौं ‘, अभिनेता श्रेष्ठले भने ।
नेपालको कला क्षेत्र कोमामा जानु हुदैन । अहिले लगानी नउठ्दा तर, देशको सिनेक्षेत्र चलायमान हुनेमा निर्माण पक्षको विश्वास छ ।
शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत वर्ष माघ १ गते बाट देशभर प्रदर्शनमा आएको थियो ।
निर्माण पक्षले सिनेमा चलाए वापत कुनै रकम दिनु नपर्ने घोषणा गरेको छ ।
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका हुन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह–निर्माताहरु हुन् ।
चलचित्रकालागि विश्व नेपाली र अस्मिता परियारले गाएको एउटा यस्तो प्रेम कहानी बोलको गीत अहिलेपनि चर्चित छ ।
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया