निर्वाचन समितिको ध्यानाकर्षण गराउँन पौडेल पक्ष सानेपा जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताले निर्वाचन समितिका पदाधिकारीलाई भेटेर महाधिवेशन निष्पक्ष ढंगले सम्पन्न गर्न ध्यानाकर्षण गराउने भएका छन् ।
बिहीबार दिउँसो २ बजेतिर समितिको ध्यानाकर्षण गराउन उनीहरू पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै एक नेताले मेरोन्युसँग बताए । ति नेताका अनुसार निर्वाचन समितिको कार्यालय सानेपामा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. मीनेन्द्र रिजाललगायत जाने छन् ।
केही दिनअघि पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा प्रहरी प्रसासन लगाएर वडा अधिवेशन गरेको भन्दै त्यो अधिवेशन आफुहरुलाई मान्य नहुने पुनः अधिवेशन गराउनुपर्ने माग गरेको छ । त्यो विषयमा पनि छलफल हुने र बाँकी रहेका २१ जिल्लामा पनि संस्थापन पक्षको भयमा नपरी निष्पक्ष ढंगले अधिवेशन गराउन सुझाव दिने पौडेल पक्षको तयारी छ ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया