भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने त्रिविको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।
कोरोना भाइरसको संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो ।
बन्दाबन्दीमा त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पस÷विभाग÷स्कुललाई अनुरोध गरेको उनले बताए ।









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया