घुस नलिने २४ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान प्रदान

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २४ जना ट्राफिक प्रहरीलाई पुरस्कृत तथा सम्मान गरेको छ । महाशाखाले नियमानुसार ट्राफिक कारबाहीमा परेको व्यक्तिले प्रलोभनमा पार्न खोजे पनि आफ्नो जिम्मेवारी निर्वाह गरेको भन्दै प्रहरी निरीक्षकसहित उनीहरूलाई पुरस्कृत एव सम्मान गरेको हो ।
प्रहरी संगठनले अवलम्ब गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकको प्रलोभनमा नपरी कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । नगद पुरस्कृत तथा प्रशंसा पत्रसहित सम्मानित हुनेहरू प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठसहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरू किसान चन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन् ।
यस्तै, मिलन कुमार सिंह, ईश्वर सिंह धामी, भिम बहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोष कुमार साह, रामजी साह, प्रविन मोक्तान, दधिराम बिसी, हरि बहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन ।
सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसा पत्रसहित खादा ओढायर सम्मान गरेका थिए ।


















रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
के एआईले जागिर खाइदिन्छ ?
Nepali diplomatic missions in various countries mark International Wellness Day
Forty-six Nepalis rescued from Cambodia
पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया