ग्यास चुहिएर फैलिएपछि स्थानीयले तोडफोड गरेको निश्कर्ष

काठमाडौँ । बारामा रहेको जगदम्बा स्टिल्स प्रा.लि.मा ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्याँस फैलिए पश्चात स्थानीयले तोडफोड गरेको निष्कर्ष सरकारी अध्ययन टोलीले निकालेको छ ।
भदौ ११ गते उद्योग परिसरभित्र रहेको एमोनिया ग्याँस प्लान्टको पाइपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्याँस फैलिएको थियो ।
भदौ २१ गते गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गठन गरेको मन्त्रालयका सहसचिव टेकराज निरौला संयोजकत्वको नौ सदस्यीय छानबिन समितिले उद्योग परिसर बाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्दा आक्रोसित भइ उद्योगभित्र प्रवेश गरी तोडफोड गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
उक्त प्रतिवेदन समितिले शुक्रबार मन्त्री खाणलाई बुझाएको छ ।
ग्यास चुहावटको सूचना प्राप्त गरे पश्चात इलाका प्रहरी कार्यालय सिमराबाट खटिएका प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीय भीडले तोडफोड गरेको व्यहोरा प्रतिवेदनमा उल्लेख भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोडफोडमा संलग्नको पहिचान गरी कानून बमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन छानबिन समितिले सुझाव दिएको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्राप्त सुझावहरु सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने बताए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया