रेडपाण्डाको छालासहित चार जना पक्राउ
मेरोन्यूज
२०७८ असोज २ गते १६:०४

सुर्खेत । रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन् ।
होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा छन् ।
पक्राउ परेकाहरुले आफूले ओसारपसारको काम मात्रै गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् । छाला पुर्याउन ५० हजार रुपैयाँ लिने सहमति गरेको बयानमा खुलेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया