देशभर थप १ हजार ६६ जनामा कोरोना, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संगै अहिलेसम्म कोरोना संक्रमणवाट ११ हजार २८ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाकै अवधिमा नेपालका विभिन्न अस्पतालबाट १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा अहिलेसम्म ७ लाख ४८ हजार ८०० जना कोरोनामुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म ४० लाख ८५ हजार ७९६ पिसिआर परीक्षण भएको छ भने ५ लाख ३४ हजार ९९४ एन्टीजेन परीक्षण गरिएको छ । मन्त्रालयकाअनुसार अहिले २४६ जना क्वारेन्टाइनमा छन् भने देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित छन् ।










समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया