चोइटिएर जानेहरुको भविष्य छैनः पोखरेल
मेरोन्यूज
२०७८ असोज २ गते १८:१४

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् ।
शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए ।
उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए ।
विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने पोखरेलले दाबी गरे ।
‘नकारात्मक धार, बिग्रहको धार, बिभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन ।’ उनले भने ।
यो राष्ट्रिय आवश्यकतालाई वेवास्ता गरेर विभाजनतर्फ जानु एउटा गलत काम भएको उनको भनाइ थियो ।
सम्बन्धित

















नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो : सभापति थापा
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया