कम्युनिस्ट प्रधानमन्त्री बिफल भएपछि कांग्रेसले संविधान दियो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट प्रधानमन्त्रीहरू बिफल भएपछि कांग्रेसले देशलाई संविधान दिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिदै नेता सिंहले कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक दिन भएको बताए ।
उनले संविभानको कार्यान्वयनको सुरु पनि कांग्रेसका सभापति शेर बहादुर देउवाले सुरु गरेको बताए । संविधानको सबैभन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस गम्भीर रहेको उनले बताए ।
उनले भने, ‘संघीयता, समावेशिता धर्मनिपरेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरि बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको छ ।’ उनले देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान कांग्रेसले मात्रै सक्ने बताए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया