कञ्चनपुरमा ७ कैदी बन्दी रिहा
काठमाडौँ । संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारबाट ७ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।
पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा दुई महिला र पाँच पुरुषको कैद मिनाह गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले जानकारी दिए ।
कैद मिनाह हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् ।
बानी व्यवहार, चालचलन, रहनसहन राम्रो भए कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कैद मिनाह हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३८७ पुरुषसहित ४०७ कैदीबन्दी छन् ।











सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया