निजी क्षेत्रका ४० व्यवसायीलाई राष्ट्रिय पदक

काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न उद्योग व्यवसायमा आवद्ध व्यक्तित्वहरुले पदक प्राप्त गर्ने सूची प्रकाशित भएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान मानपदवी, अलंकार र पदकको सूची आइतबार प्रकाशित गरिएको छ ।
सातौं ठूलो पदवी मानिएको सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित हुनेमा सञ्चारउद्यमीद्वय कान्तिपुरका कैलाश सिरोहिया र अन्नपूर्णका रामेश्वर थापा रहेका छन् ।
यस्तै सुकीर्तिमय राष्ट्रदीप पाउने अन्य व्यवसायीमा एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचन, चेम्बरका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल रहेका छन् ।
आठौं विशिष्ठ पदक मानिएको सुप्रवल जनसेवाश्री प्राप्त गर्ने व्यवसायीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका छन् । गोल्छा र अग्रवाल दुवैले महासंघ र परिसंघ अध्यक्षका रुपमा पदवी पाएका हुन् ।
सुप्रवल जनसेवाश्री व्यवसायीकै हैसियतमा पाउनेहरुमा उद्योगी राजेन्द्रकुमार खेतान, शिवरतन शारदा, ध्रुवकुमार श्रेष्ठ र साहिल अग्रवाल रहेका छन् ।
दशौं विशिष्ठ पदक मानिएको प्रवल जनसेवाश्री प्राप्त गर्ने व्यवसायीहरुमा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड, वीरगन्जका व्यवसायी सञ्जयकुमार खेतान, सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी तथा पर्यटन व्यवसायी राजु ढकाल लगायत रहेका छन् ।
यस्तै, सुप्रवल जनसेवाश्री पदक पाउने व्यवसायीहरु अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल तथा बैंकरहरु उपेन्द्र पौड्याल र रविना देशराज श्रेष्ठ एवं बिमकहरु सुनिल बल्लभ पन्त र दीपप्रकाश पाण्डे रहेका छन् ।
सुप्रवल जनसेवाश्री पदक पाउनेमा पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, युवा उद्यमी सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, व्यवसायीहरु देवकिसन मुन्दडा, एफएनसीसीआई लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा छन् ।
जनसेवाश्री पदक पाउने व्यवसायीको सूचिमा राधेश्याम हलुवाई, धुलिखेल लज एन्ड रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजु श्रेष्ठ, साना उद्योगी व्यवसायी सागर थापा, बैंकर दिलप्रकाश भट्ट, सहकारी अभियन्ता चन्द्र ढकाल, कृषि व्यवसायी अम्मर बहादुर बानियाँ, उद्योगी कमल किशोर मालपानी, यादवसिंह कार्की, व्यवसायी राजेन्द्र मल्ल, चुन्नप्रसाद पौडेल र नरिश्वर शर्मा रहेका छन् ।










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया