आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण

तुलसीपुर । हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आए । उनको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उनी हिँड्डुल गर्नसक्ने भएका छन् ।
बुटवलबाट ७२ वर्षीया रामकुमारी गिरी पनि अस्पतालमा उपचारका लागि आइन् । उनमा दम र फिबरको समस्या थियो । औषधि दिएर उपचार गरेपछि उनी पनि सञ्चो भएर फर्किन् । त्यस्तै रुकुम पश्चिमकी १९ वर्षीया निरुता रावत पनि पायल्सको समस्या लिएर अस्पतालमा आइन् । उनको क्षारसूत्र विधिबाट उपचार हुँदा निको भइन् ।
उनीहरु मात्रै होइन, अहिले अस्पतालमा बाहिरी जिल्लाबाट पनि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालका निमित्त निर्देशक डा महेशकुमार खनालले जानकारी दिए । उनले भने “आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढिरहेको छ ।” अस्पतालमा कार्यरत चिकित्सक मदन भण्डारीका अनुसार ‘पायल्स’ तथा ‘फिस्टुला’का बिरामी बढी सेवा लिन अस्पताल आउने गर्दछन् ।
साथै एलोपेथिक औषधि खाँदा–खाँदा सञ्चो नभएका तथा दीर्घरोगी धेरै आउने गरेको उनको भनाइ छ । “प्रायः एलोपेथिक पद्धतिबाट उपचार नभएका, त्यसपछि पञ्चकर्म, क्षारसूत्र विधिबाट उपचार भएर गएकाले गाउँमा गरेको प्रचारले गर्दा पनि धेरै बिरामी आउने गर्नुहुन्छ”, उनले भने । हाल रुकुम, सल्यान, प्युठान, बर्दिया, बुटवललगायतका स्थानबाट आयुर्वेद उपचारका लागि बिरामी आउने गरेका छन् । उनका अनुसार सबै गरी दैनिक ४० देखि ५० बीचको हाराहारीमा बिरामी आएर सेवा लिने गरेका छन् । गएको हप्तामात्रै करिब ३०० बिरामीले सेवा लिएका छन् । तीमध्ये करिब १५० जतिले पञ्चकर्माको सेवा लिने गरेको प्रमुख खनालले बताए । “हामीसँग धेरै बिरामी पञ्चकर्मको सेवा लिन आउने गर्नुभएको छ”, उनले भने, “गएको हप्ता मात्रै १५० जना जतिले यो सेवा लिए ।”
प्यारालाइसिस भएका, जोर्नी तथा नसाका समस्या भएका, प्रसर, अनिद्राका समस्याका बिरामीलाई पञ्चकर्म विधिबाट सेवा दिने गरेको प्रमुख डा खनालको भनाइ छ । हाल अस्पतालमा शिरोधारा, बस्ती, जुकाबाट हुने थेरापी पनि धेरै हुने गरेको छ ।
असोज महिनादेखि फिजियो थेरापी सेवा पनि सञ्चालन ल्याउने तयारी रहेको उनले जानकारी दिए । यसका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको उनले बताए । हाल बिहान बिरामीलाई योग सेवा पनि प्रदान भइरहेको छ । एक्सरे सेवा पनि सुरु भएको जनाउँदै यसले थप सहज बनाएको उनको भनाइ छ । साथै खुल्ला आरोग्यशाला सञ्चालनको समेत तयारी छ । यसका लागि पूर्वाधार तयार भइसकेको छ । अकुपञ्चर सेवा पनि केही समयमा सञ्चालनमा आउने तयारी रहेको उनले बताए ।
चिकित्सालयको आफ्नै औषधालय भएकाले १५ देखि २० प्रतिशत छुट हुने गरेको छ । बिरामीले तीन/चार थरि औषधि निःशुल्क पाउने गरेका छन् । अस्पतालमा दर्ता शुल्क पनि नलिने तथा सस्तोमा उपचार हुने भएपछि बिरामीको आकर्षण बढेको समेत उनको भनाइ छ । रासस
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया