जीप दुर्घटना हुँदा नौ घाइते
मेरोन्यूज
२०७८ असोज ४ गते १२:०४

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो ।
घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् । चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित

















भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया