माओवादी केन्द्र एमालेकरण बन्ने भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा एमालेकरण हुँदै गएको भन्ने चिन्ता बढेको बताएका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीमा विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका हुन् ।
उनले माओवादी केन्द्र विस्तारै व्यवहार एमालेको नेताको जस्तो देखिन थालेकाले चिन्ता लागेको बताएका हुन् । उनले समाजको विकास र न्यायका निम्ति पार्टी र हामीलाई रुपान्तरण गर्नु पर्ने आवश्य रहेको बताए ।
अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीले आफूलाई आत्मसमर्पण गरेको समेत बताए । उनले एमालेमा मदन भण्डारी र लोगोबाहेक कुनै सिद्धान्त नरहेको बताए । कार्यक्रममा उनले थोरै मिहेनत गरे माओवादी केन्द्र आगामी चुनावमा पहिलो हुने दाबी गरे ।
‘समाजवादी क्रान्तिअघि बढाउन विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नै पर्छ, हाम्रो पार्टी विस्तारै एमालेकरण हुन थाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो,’ अध्यक्ष दाहालले भने, ‘यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भनेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन् ।’
अध्यक्ष दाहालले अब एकपटक सम्पूर्ण कम्युनिष्टहरूले सोच्नु पर्ने बेला आएको बताए । उनले कम्युनिष्टहरूले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्ट आँखा चिम्लेर देश र जनताका लागि सोच्नु पर्ने बताए ।
















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया