पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण

खोटाङ । पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड–१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो ।
प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रालि काठमाडौँ र अभिनेत्री मनिषा कोइरालाको एनसिभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरिएको प्रतिष्ठानका संरक्षक रविन चाम्लिङले बताए । “सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित २२ वटा माविमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिनेछ”, उनले भने, “नगरपालिकाभित्रका विद्यालय सकेपछि क्रमशः जिल्लाका सबै मावि तथा सामुदायिक र संस्थागत विद्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्ने योजना बनाएका छौँ ।”
प्रतिष्ठानले सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सातवटा मावि र छ आधारभूत विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा अक्षकोषका लागि ५० हजार सहयोग गर्नुका साथै एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण गर्ने दुई छात्र/छात्रालाई उच्च शिक्षा अध्ययनका लागि व्यवस्था मिलाउनेसमेत घोषणा गरेको स्थानीयवासी एवं नेकपा (एमाले)का नेता मिलन राईले जानकारी दिए ।
प्रतिष्ठानले यसअघि आइतबार दिक्तेल बजारमा सञ्चालित सरस्वती मावि दिक्तेलमा औपचारिक कार्यक्रम गरी ११ वटा माविलाई स्वास्थ्य तथा खेलकुदका सामग्री वितरण गरेको थियो । काठमाडौँमा सञ्चालित प्रतिष्ठानले जिल्लामा स्वास्थ्य तथा खेलकुदका सामग्री ल्याएर शनिबार नेर्पाको कालिका माविमा औपचारिक कार्यक्रम गरी उक्त अभियानको सुरुआत गरेको हो ।
प्रतिष्ठानले नेर्पाका छवटा माविलाई १० हजार मास्क, पाँच लिटरको २४ जार स्यानिटाइजर र प्रत्येक विद्यालयलाई भलिबल र नेट (जाली) एक/एक थान, सानो भलिबल दुई/दुईवटा र तीन/तीनवटा फोहर सङ्कलन गर्ने डस्टबिन (भाँडा) वितरण गरेको छ । एकमुस्ट हस्तान्तरण गरिएको मास्क र स्यानिटाइजर भने विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा वितरण गर्ने जनाइएको छ ।
नेर्पाको हकमा जनता आधारभूत विद्यालय, रामपुर प्रावि, जनजाग्रति प्रावि, निरौले प्रावि, नेर्पा प्रावि र साकेला प्राविलाई पनि सानो भलिबल दुई/दुईवटा, टिटी ब्याट/बल दुई/दुईवटा, पम्म एक/एकवटा र डस्टबिन तीन/तीनवटा वितरण गरेको छ । यस्तै प्रतिष्ठानले नेर्पाका सात वृद्धवृद्धालाई सम्मानसमेत गरेको छ । स्वास्थ्य तथा खेलकुद सामग्री वितरण कार्यक्रमको अवसरमा नेर्पाका धनप्रसाद पराजुली, कुमारीकृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, वृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई घङ्गरुको लट्ठीसहित सम्मान गरेका हो ।
यसैबीच प्रतिष्ठानका सल्लाहकार श्रेष्ठले कालिका माबिमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई ५० हजारको चेक हस्तान्तरण गरेका छन्र । कालिका माविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई वार्षिक ब्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन् । जिल्लाका चर्चित नेता एवं सांसद स्व पर्शुराम राईको स्मृतिमा उनका छोराछोरीले प्रतिष्ठानको स्थापना गरेका हुन् ।
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया