बालबालिकाले ४० मिनेटमात्रै टिकटक चलाउन पाउने

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले ‘युथ मोड’ सार्वजनिक गर्दै बालबालिकालाई टिकटकमा नियन्त्रण गर्न सुरु गरेको छ । यो फिचरमार्फत टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सले बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने व्यवस्था गरेको हो ।
कम्पनीले टिकटकको चिनियाँ संस्करणबाट यसको सुरुवात गरेको छ । योसँगै चीनमा १४ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा समय खर्च गर्न पाउने छैनन् । यस्ता प्रयोगकर्ताले रातको १० बजेदेखि बिहान ६ बजेसम्म टिकटक हेर्नसमेत नपाउने बनाइएको छ ।
साथै कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्नसमेत आग्रह गरेको सी नेट टिचलाई उल्लेख गर्दै दी इकोनोमिक टाइम्सले जनाएको छ । यस्तो अवस्थामा कम्पनी आफैले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने उल्लेख छ ।
यसका साथै कम्पनीले त्यस्ता बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने भएको इकोनोमिक टाइम्सले जनाएको छ ।
पहिलो चरणमा चीनबाट सुरु भएको यो कार्य विस्तारै सबै मुलुकमा उपलब्ध गराउने कम्पनीको जनाएको छ ।
















पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया