मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
मेरोन्यूज
२०८२ चैत २५ गते १३:५८

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भेटवार्ता गरेका छन्।
मन्त्री निवासमै भएको उक्त भेटमा दुवै पक्षबीच विश्व बैंकसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमबारे समीक्षा गरिएको थियो। साथै, कृषि क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन, बजार व्यवस्थापन सुधार, तथा उत्पादन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।
त्यसैगरी, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो कृषि विकासमा जोड दिने, कृषिमा नीतिगत सुधार अघि बढाउने, पोषण सञ्जाल सुदृढ गर्ने तथा समावेशी कृषि प्रणाली विकासका विषयमा पनि विचार आदानप्रदान भएको बताइएको छ।
सम्बन्धित
















पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रतिक्रिया